गृहपृष्ठ कान्ति बाल अस्पताललाई हिमालयन बैंकको १ लाख ४२ हजार सहयोग
कान्ति बाल अस्पताललाई हिमालयन बैंकको १ लाख ४२ हजार सहयोग
हिमालयन बैंकले महाराजगन्जको कान्ति बाल अस्पताललाई १ लाख ४२ हजार ९४५ रुपैयाँ सहयोग गरेको छ । बैंकका माहाराजगन्ज शाखा प्रबन्धक अभयबहादुर शाहले अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ‑यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेसनको मर्मतसम्भारका संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम प्रदान गरिएको जनाएको छ ।
प्रकाशित समय १६:३७ बजे

















