गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले शर्मालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
उनले सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिब ३९ वर्ष कार्य गरिसकेका छन् । व्यवस्थापन विज्ञका रुपमा परिचित शर्माले विभिन्न दातृनिकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले लिभरपुल विश्वविद्यालय बेलायत र त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एड्मिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एड्मिनिस्ट्रसनमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय बेलायतबाट टुरिजम म्यानेजमेन्ट अध्ययन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्युआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
प्रकाशित समय १३:०९ बजे

















