गृहपृष्ठ सिटिजन्स बैंकको ११०औं शाखा मुगुको गमगढीमा
सिटिजन्स बैंकको ११०औं शाखा मुगुको गमगढीमा
सिटिजन्स बैंकले मुगुको गमगढीमा शाखा स्थापना गरेको छ । कोभिड १९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गर्दै बैंकले गमगढीमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
नयाँ शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य छ ।
प्रकाशित समय ११:१६ बजे

















