गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकबाट चेकबिनै झिक्न सकिन्छ एक लाखसम्म

सांग्रिला डेभलपमेन्ट बैंकबाट चेकबिनै झिक्न सकिन्छ एक लाखसम्म

sangrila-bank-newskarobar

सांग्रिला डेभलपमेन्ट बैंकबाट चेकबिनै एक लाख रुपैयाँसम्म नगद झिक्न सकिने भएको छ । बैंकले ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने योजना ल्याएको हो ।

ग्राहकले एक लाखभन्दा कम रकम क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । हाल बैंकको बालुवाटार शाखा कार्यालयबाट दिन थालिएको यो सेवा विस्तारै सबै शाखामा पुर्‍याइने बैंकले जनाएको छ । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु