गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक
एनआईसी एशिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चामत्कारिक कर्जा योजनाहरू (सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जा) को फाइदा जाँच्न ‘लोन बेनेफिट क्याल्कुलेटर’ सञ्चालनमा ल्याएको छ । वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य धेरै सुविधासहितका यी कर्जाको फाइदा जाँच्न ‘लोन बेनेफिट क्याल्कुलेटर’ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
सुपर चामत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाबारेको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनेफिट क्याल्कुलेटर’बाट हेर्न सकिनेछ । ‘लोन बेनेफिट क्याल्कुलेटर’मा आवश्यक विवरणहरू जस्तैः अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात सेवाग्राहीले मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमका विवरणका साथै वार्षिक हिसाबसमेत सरल तरिकाले थाहा पाउन सक्नेछन् ।
वेबसाइटबाट सेवाग्राहीले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिएबमोजिम बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । सेवाग्राहीले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले मिलाएको छ । साथै, आवेदकको कर्जा स्वीकृतिको अवस्थाका बारेमा बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ । ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्टाटससमेत आफैँ हेर्न सक्नेछन् ।
बैंकले तीनै किसिमका कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चामत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधासमेत ग्राहकमाझ ल्याएको जनाएको छ । साथै, बैंकले ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप ‘कर्जा सहायता केन्द्र’को स्थापना गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित समय १५:४९ बजे

















