गृहपृष्ठ एनसेल आजियाटाले सुरु गर्यो वाइफाइ, टक टाइम र डेटा बन्डलसहितको वायर फ्री प्लस सेवा
एनसेल आजियाटाले सुरु गर्यो वाइफाइ, टक टाइम र डेटा बन्डलसहितको वायर फ्री प्लस सेवा
० नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्री प्लस वाइफाइ सेवा
० देशभर ४० भन्दा बढी जिल्लामा उपलब्ध
० सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्टलगायत सेवाको बन्डल अफर
० वार्षिक प्लानअन्तर्गत मासिक ६९० रुपैयाँमा सेवा
० सातै दिन, २४ सै घन्टा ग्राहक सेवा
नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायर फ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटीसहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्रा.लि.) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको हो ।
कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलबार (साउन २०) देखि सुरु गरेको हो । वायर फ्री प्लस सेवा नविन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधिअन्तर्गत उपभोक्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।
प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले दुईवटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जिबीदेखि १० जिबी डेटा, होम नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हंगामा म्युजिक, दामी म्युजिक, प्रभु टिभीलगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायर फ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता हुन् । गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि‑बुकिङ लिन सुरु गरेको थियो ।
वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा एनसेलका चिफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात भएको र यसमा ग्राहकले बन्डल सेवासहित नयाँ अनुभव लिन सक्ने बताए । ‘प्रि‑बुकिङमा ग्राहकबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्साएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ,’ उनले भने ।
वार्षिक प्लानमा मासिक ६९० रुपैयाँको शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आवश्यकताअनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीनवटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६९० रुपैयाँ (करबाहेक) शुल्कमा ६० जिबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जिबी डेटा प्राप्त गर्छन् ।
त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक मात्र ८६० रुपैयाँ (करबाहेक) शुल्कमा ८५ जिबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जिबी डेटा प्राप्त गर्छन् । डायमण्ड समूहअन्तर्गत ग्राहकले मासिक मात्र ९५० रुपैयाँ (करबाहेक) शुल्कमा १०० जिबी वायर फ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जिबी डेटा पाउने कम्पनीले जनाएको छ ।
वायर फ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजियाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समय सीमाअनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५००, २ हजार ५०० वा ३ हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।
४२० दिनको समय सीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेजअनुसार यी प्याकेजहरुअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।
सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको जनाएको छ ।
प्रकाशित समय ११:३७ बजे

















