गृहपृष्ठ रिलायबल लाइफ इन्स्योरेन्सको नाफा र बिमा शुल्क दुवै बढ्यो

रिलायबल लाइफ इन्स्योरेन्सको नाफा र बिमा शुल्क दुवै बढ्यो

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अन्य इन्स्योरेन्स कम्पनीको व्यवसाय घटिरहेको बेला रिलायबल लाइफ इन्स्योरेन्सले भने खुद नाफा र बिमा शुल्क दुवै बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २१ करोड ४३ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । यो नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ९.५ प्रतिशतले बढी हो ।

कम्पनीले गत वर्ष बिमा शुल्कबाट १ अर्ब ५७ करोड संकलन गरेको छ । अघिल्लो कम्पनीले १ अर्ब ३३ करोड बिमा शुल्क संकलन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १५.३१ रुपैयाँ छ । रिलायबल लाइफ एन्स्योरेन्सले गत वर्ष ३० करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । चुक्ता पुँजी १ अर्ब ४० करोड भएको कम्पनीको जगेडा कोषमा ६४ करोड रुपैयाँ छ ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु