गृहपृष्ठ मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको ब्याजदर घटायो
मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको ब्याजदर घटायो
मुक्तिनाथ विकास बैंकले भदौ १ देखि लागू हुनेगरी हायर पर्चेज कर्जाको ब्याजदर घटाएको छ । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको ब्याज २ प्रतिशतसम्म घटाएको हो ।
यसबाट चैतदेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । मुक्तिनाथले ४२ जिल्लाका १३८ शाखामार्फत सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ०७:०४ बजे

















