गृहपृष्ठ नागरिक लगानी कोषको हकप्रद सेयर निष्कासन सम्झौता

नागरिक लगानी कोषको हकप्रद सेयर निष्कासन सम्झौता

नागरिक लगानी कोषले १ कित्ता बराबर ०.८२८४ का दरले साविकका सेयरधनीलाई हकप्रद सेयरजारी गर्ने भएको छ । प्रतिसेयर १०० रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयरको १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रकम बराबरको हकप्रद सेयर निष्कासन गर्न लागिएको हो ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबिबिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु