गृहपृष्ठ राष्ट्रिय बिमा कम्पनीको खुद बिमा शुल्क ३५ प्रतिशतले घट्यो

राष्ट्रिय बिमा कम्पनीको खुद बिमा शुल्क ३५ प्रतिशतले घट्यो

राष्ट्रिय बिमा कम्पनीले खुद बिमा शुल्क र नाफा घटेको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ करोड २७ लाख रुपैयाँ कम हो । अघिल्लो वर्ष कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १८ प्रतिशतले घटेको हो ।

गत वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २२ करोड ४५ लाख रुपैयाँमात्रै खुद बिमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ८७ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बिमा शुल्क ३५.६ प्रतिशतले घटेको हो । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ९६ करोड ८३ लाख र बिमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी २३९ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु