गृहपृष्ठ इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स सम्झौता

इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स सम्झौता

विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्ली बीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ ।

सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायरबार्लीको मोबाइल एपमार्फत अनलाइन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

वायरबार्लीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबार्लीमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।

कोभिड- १९को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायरबार्लीको मोबाइल एप तथा अनलाइन पोर्टल प्रयोग गर्न सकिन्छ । वायरबार्लीको मोबाइल एप गुगल प्लेस्टोर, एपस्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटीएममार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्ली बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको बैंकले बताएको छ ।

यसअघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीसँग सम्झौता गरी कारोवार गर्दै आएको छ ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु