गृहपृष्ठ एनएमबी बैंकले कञ्चन विकास बैंकलाई एक्विजिसन गरी एकीकृत वित्तीय कारोबार सुरु

एनएमबी बैंकले कञ्चन विकास बैंकलाई एक्विजिसन गरी एकीकृत वित्तीय कारोबार सुरु

एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । आइतबारबाट एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड पुगेको छ ।

एकीकृत वित्तीय कारोबारको थालनीसँगै एनएमबी बैंकका सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्डसमेत बलियो विश्वास गरिएको छ । यसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु‑याउने बैंकको दिगो लक्ष्य प्राप्त गर्न सरोकारवालासँगको सहकार्यलाई अघि बढाउन मद्दत पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

एनएमबी बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V. (एफएमओ), कर्मचारी सञ्चय कोषलगायतका संस्थाहरुको पनि लगानी छ । एफएमओ नेदरल्यान्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको Standard & Poor’s तथा Fitch जस्ता संस्थाहरुले ए थ्री रेटिङ गरेको नेदरल्यान्डस् सरकारसमेतको लगानी रहेको अन्तर्राष्ट्रिय विकास बैंक हो ।

एफएमओसँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय ऊर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख संवाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु‑याएको छ । एनएमबी बैंक बैंक अफ द इयर–२०१७ र बैंक अफ द इयर–२०१८ द्वारा लगातार पुरस्कृत भएको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात् बैंकका १८६ शाखा, ६ विस्तारित काउन्टर र १३५ एटीएम पुगेका छन् ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु