गृहपृष्ठ उच्च प्रविधिको एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा
उच्च प्रविधिको एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा
एलजी एआई डिडी टिएम (आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्स ड्राइभ) मोटर वासिङ मेसिन नेपाली बजारमा आएको छ । अत्याधुनिक प्रविधि रहेको यो वासिङ मेसिनले कपडाको तौलका साथै कोमलता, नाजुकता जस्ता विशेषता पत्ता लगाउँछ र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने कम्पनीको दाबी छ ।
एआई डिडी टिएम वासिङ मेसिनले बिग डेटा विथ डिप लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । वासिङ मेसिनमा स्टिम प्लस टिएम प्रविधि जडान गरिएको छ, जसले कपडाको हरेक रेसा रेसाभित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउने कम्पनीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
टर्बो वास टिएम ३६० डिग्री र फोर हाइ स्पिड स्प्रे नोजल विथ इन्भर्टर पम्म टेक्नोलोजी रहेको यो मेसिनले उच्च र कम गतिमा आवश्यकताअनुसार पानीका फोहोरा फाल्ने तथा ३९ मिनेटमा वास साइकल पूरा गर्नुका साथै बिजुली र समयको बचत गर्ने कम्पनीले जनाएको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पनमुक्त गर्ने पनि जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा एलजी ब्रान्डका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालि हो ।
प्रकाशित समय १३:३६ बजे

















