गृहपृष्ठ सुपर स्प्लेन्डरको नयाँ संस्करण नेपाली बजारमा

सुपर स्प्लेन्डरको नयाँ संस्करण नेपाली बजारमा

मोटरसाइकल तथा स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको प्रतिबद्धता दोहो‑याउँदै आजबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ संस्करण नेपाली बजारमा ल्याएको छ ।

सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको कम्पनीको दाबी छ । आईबीएस एक परिष्कृत सुरक्षा विशेषता हो, जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित गर्छ ।

सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक सो रूममा १ लाख ९८ हजार (सेल्फ ड्रम एलोय व्हिल) रुपैयाँमा उपलब्ध हुनेछ । सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो ।

यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी इन्जिनको साथ आउँछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । सुपर स्प्लेन्डर ९० किमी प्रतिघण्टाको अधिकतम गतिसम्म गुड्न सक्छ ।

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु