गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम प्रदान

आइएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम प्रदान

आइएमई जनरल इन्स्योेरेन्सले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभड(१९) को असर र काठमाडौं उपत्यकालगायत देशका मुख्य मुख्य सहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको विषम परिस्थितिमा पनि आफ्ना अभिकर्तालाई भर्चुअल तालिम प्रदान गरेको छ । कम्पनीले भदौ १० देखि १२ गतेसम्म निर्जीवन बिमाका विविध क्षेत्रलाई समेटेर अभिकर्तालाई प्रशिक्षण दिएको हो ।

कम्पनीका विभागीय प्रमुखहरुदेखि उच्च पदस्थ पदाधिकारीहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा ५५ जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

प्रशिक्षणपश्चात अभिकर्ताहरुले बिमाको बजारीकरण गरेर आफ्नो आम्दानीको स्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारको रुपमा स्थापित गरी आयआर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु