गृहपृष्ठ हुम्लामा ७५ करोडको उद्योग र वाणिज्य फर्म दर्ता

हुम्लामा ७५ करोडको उद्योग र वाणिज्य फर्म दर्ता

घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लामा ७५ करोडको उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । यसबाट हजारौं स्थानीयवासीले रोजगार पाएका छन् ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा करिब दुई हजार विभिन्न प्रकारका उद्योगहरू दर्ता भएका छन् । यसका लागि पूँजीगत ३७ करोड र चालु लागत १८ करोड रहेको छ । यसरी विभिन्न प्रकारका करिब छ दर्जन उद्योगहरूका लागि ५५ करोड रकम कबोल गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सदरमुकाम सिमकोटलगायत जिल्लाका अन्य बजारउन्मुख क्षेत्रहरूमा विभिन्न प्रकारका आयातमुलक व्यापार र ठेक्कापट्टाका लागि करिब छ सय वाणिज्य फर्महरू दर्ता भएका छन् । यसका लागि २० करोड लगानी सकारिएको जानकारी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । हुम्लामा आयातमुखी उद्योग र वाणिज्यका लागि दुई हजार छ सय फर्महरूका लागि ७५ करोड रकम लगानी गर्ने तथ्यांक रहेको छ ।

यसका लागि हुम्लीका हजारौं रोजगार रहेको देखिएको छ । तर उद्योग र वाणिज्यका फर्म मात्र दर्ता गर्ने ति व्यवसायहरू सञ्चालनमा छन् कि छैनन् भन्ने बारेमा पूर्ण जानकारी नभएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु