गृहपृष्ठ नेपालमा साओमीका स्मार्ट टेलिभिजन सार्वजनिक, मूल्य कति ?
नेपालमा साओमीका स्मार्ट टेलिभिजन सार्वजनिक, मूल्य कति ?
साओमीले नेपालमा दुईवटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । ग्लोबल टेक्नोलोजी लिडरले चाडपर्वको आवसर पारेर मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको हो ।
मी टिभी ४एक्स (५५ इन्च) मा ४के १०-बिट एचडीआर डिस्प्ले सुविधा छ, जसमा साओमीको इन-हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इन्जिन जडान गरिएको छ । यसमा २० वाट स्पिकर डल्वी अडियो र डीटीएस एचडी छ । यो टिभीमा गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० का साथै गुगल एसिस्टेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट-इनमा पनि आउँछ ।
त्यस्तै मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चमा १०८०पी एचडी रिजोलुसन उपलब्ध छ । त्यस्तै साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा र डुअल २० वाटको स्टेरियो सेटअप रहेकाले डीटीएस-एचडी साउन्ड उपलब्ध छ ।
टिभी सार्वजनिका लागि आयोजित भर्चुअल कार्यक्रममा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले दुईवटा आकर्षक टिभी सार्वजनिक गर्दै नेपालमा हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भूत अनुभव प्रदान गर्ने आशा राख्छौं,’ उनले भने, ‘मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्छ ।’
मी टिभी ४एक्स (५५ इन्च) को मूल्य ६४ हजार ९९९ रुपैयाँ र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) को मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवै टिभीको प्रि-बुकिङ असोज ३ गतेबाट सुरु हुनेछ ।
प्रकाशित समय १४:५१ बजे

















