गृहपृष्ठ वडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड
वडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड
नेपालीहरुको महान चाड वडादशैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना १२ आश्विनदेखि आश्विनमसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआइ) भुक्तानीको व्यवस्थागर्न सकिनेछ । यसैगरी पहिलो ५० जनाग्राहकहरुले अनलाइन सपिङपोर्टल दराजमा तीन हजार बराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्नेछन् ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लग इन गर्न बैंकका प्रमुख निक्षेप व्यवस्थापन (संस्थागत)का हेमराज सन्ज्यालले जानकारी दिए ।
प्रकाशित समय ०९:३६ बजे

















