गृहपृष्ठ भारतबाट पैसा पठाउन माछापुच्छ्रे बैंकमा अतिरिक्त शुल्क नलाग्ने
भारतबाट पैसा पठाउन माछापुच्छ्रे बैंकमा अतिरिक्त शुल्क नलाग्ने
माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।
चाडबाडको समयलाई लक्षित गरी मिति २०७७ असोज १२ गतेदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बताइएको छ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ सेवालगायत देशभर रहेका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएसबाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १५:१४ बजे

















