गृहपृष्ठ एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने
एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने
एनआईसी एशिया बैंकले अनलाइनबाटै कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । बैंकले शुक्रबारदेखि अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको हो ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति लिएको बैंकले सम्पूर्ण व्यावसायिक प्रक्रिया र क्रियाकलापलाई डिजिटलतर्फ परिमार्जन गर्दै लगेका बेला कर्जा आवेदन प्रक्रियालाई पनि अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो । आवेदन दिन चाहने ग्राहकले कर्जाको सीमा तथा आयस्रोतअनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सक्नेछन् ।
आवेदन दिएपछि कर्जा लिन छनोट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले ग्राहकलाई सम्पर्क गर्ने र आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १६:१७ बजे

















