गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) बीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १७:२४ बजे

















