गृहपृष्ठ चाडपर्वमा एनआइसी एसियाको निःशुल्क आन्तरिक रेमिट्यान्स योजना
चाडपर्वमा एनआइसी एसियाको निःशुल्क आन्तरिक रेमिट्यान्स योजना
एनआइसी एसिया रेमिटमार्फत् यस वर्षका चाडवाडमा निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । उक्त योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ ।
अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागे पनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका सबैले यो सेवा लिन सक्ने बताइएको छ । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ ।
२०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय ११:०५ बजे

















