गृहपृष्ठ महेन्द्रनगरमा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा स्थापना
महेन्द्रनगरमा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा स्थापना
नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका, महेन्द्रनगरमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवासचन्द्र घिमिरे बुधबार उद्घाटन गरेका छन् । महेन्द्रनगर शाखाबाट सबै किसिमका वित्तीय सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
यससँगै देशभर नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा संख्या ८३ पुगेका छन् । बैंक ८३ शाखासँगै १२५ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यो बैंक अन्तर्राष्ट्रिय प्रकाशन- युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट पनि पुरस्कृत भएको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी- नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
प्रकाशित समय २०:०४ बजे

















