गृहपृष्ठ सनराइज बैंकद्वारा दरबार हाइस्कुलको डिजिटल शिक्षा विकासमा सहयोग

सनराइज बैंकद्वारा दरबार हाइस्कुलको डिजिटल शिक्षा विकासमा सहयोग

सनराइज बैंकले दरबार हाइस्कुलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँगको सहकार्यमा दरबार हाइस्कुलअन्तर्गतको भानु माविका विद्यार्थीका लागि डिजिटल कक्षा सञ्चालन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका छन् । बैंकले स्थापनाको १४औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । कोभिड १९ का कारण सरकारी विद्यालयको पठनपाठन ठप्प भएका बेला बैंकको सहयोगबाट डिजिटल कक्षा सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु