गृहपृष्ठ एनसेलको ‘गो सिम : अघि बढौं’ योजना सार्वजनिक
एनसेलको ‘गो सिम : अघि बढौं’ योजना सार्वजनिक
एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेलापछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवालगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो ।
यो सिमग्राहकले आज (कार्तिक ०१) देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद्रा बिक्रेताहरुबाट सजिलै मात्र ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् ।
यसका साथै ग्राहकले गो सिममार्फत दामी म्युजिक तथा हंगामा म्युजिक प्रो ३० दिन सम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो १०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।
‘महिलाहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विशेषताहरुमा बन्डल सेवादेखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरुमा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् । यो प्याक ल्याउनुको प्रमुख कारणहरुमध्ये महिला सुरक्षा एक हो । यसले महिला वर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विशेषताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास हामीले लिएका छौ ।’ एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।
महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिमअन्तर्गत ग्राहकले सिमखरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।
यसका साथै यो सिमलिने ग्राहकका लागि आपतकालिन सञ्चार सेवाका लागि विशेष सुविधा रहेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्कपछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको करसहित १० रुपैयाँ मेन ब्यालेन्सबाट काटिने छ ।
त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विशेष सुविधा पनि रहेको छ । जसअन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफूले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स १७१८० ह्यास डायल गर्ने बित्तिकै आफूले छानेका तीन नम्बरहरुमा पूर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प । प्लीजकल’एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बरसहित स्वतःजानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवाग्राहीले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्नेछ ।
थप आकर्षणका रुपमा गो सिम प्रयोगगर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेट सम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ । यसबाट महिलाहरुले आफूलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् ।
यी विभिन्न आकर्षक सुविधाहरुको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् । गो प्रयोगकर्ताले एस्ट्रिक्स १७१०४ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।
प्रकाशित समय १४:१३ बजे

















