गृहपृष्ठ आइतबार पनि खस्कियो सेयर बजार
आइतबार पनि खस्कियो सेयर बजार
धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर ३०८.२७ मा पुगेको छ । कुल १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता सेयर रु एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ मूल्यमा खरिद बिक्री भए ।
स्टक एक्सचेन्जका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको सेयर मूल्य ओरालो लागेको छ । व्यापार १३.२ र निर्जीवन बीमा ३१.५८ विन्दुले बढेको छ ।
यस्तै, बैंकिङ ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, वित्त १.६, उत्पादन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३, जीवन बीमा १८.९८ र सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ ।
कारोबारका आधारमा हिमालयन बैंकको संस्थापक सेयरको कारोबार शीर्ष स्थानमा रह्यो । सो बैंकको रु २४ करोड ४५ लाख ५१ हजार ६०० बराबरको कारोबार भएको छ ।
यस्तै, पुनर्बीमा कम्पनी रु चार करोड ७६ लाख ५२ लाख ७९७, आइसिएफसी फाइनान्स रु तीन करोड ९५ लाख ३९ हजार ४६८, नागरिक लगानी कोष रु तीन करोड ९५ लाख २६ हजार ९४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ५२ लाख ५० हजार ४३ र अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ४० लाख चार हजार ९३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै, कारोबारका आधारमा जनरल इन्सुरेन्स ९.८७, आइसिएफसी फाइनान्स ५.२६, नेपाल ल्युब आयल ४.७४, गुराँस लघुवित्त वित्तीय संस्था ४.१६, प्रोगेसिभ फाइनान्स ३.९१ र हिमालय बैंकको संस्थापक सेयरधनीले ३.४५ प्रतिशतले कमाए ।
त्यस्तै, रैराङ हाइड्रोपावर ७.५४, नेपाल फाइनान्स ६.२९, अरुण भ्याली हाइड्रोपावर ५.१७, घलेम्दी हाइड्रो ४.२४, समृद्धि फाइनान्स ३.५७ गुह्यश्वरी फाइनान्स ३.४३, बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.३७ प्रतिशतले गुमाए ।
प्रकाशित समय १६:५२ बजे

















