गृहपृष्ठ मोबाइल बैंकिङबाट दक्षिणा दिँदा एनआईसी एसिया बैंकले १० प्रतिशत पैसा थपिदिने

मोबाइल बैंकिङबाट दक्षिणा दिँदा एनआईसी एसिया बैंकले १० प्रतिशत पैसा थपिदिने

nicasia nic asia bank

एनआईसी एसिया बैंकले मोबाइल बैंकिङबाट दसैंको दक्षिणा दिँदा १० प्रतिशत पैसा थपिदिने भएको छ । बैंकले भौतिक दूरी कायम राखी सुरक्षित तरिकाले विजयादशमी मनाउन प्रोत्साहित गर्ने उद्देश्यले डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहन स्वरूप डिजिटल दक्षिणा योजना ल्याएको हो ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात् गर्दै आएको बैंकले दसैंमा ग्राहकले आफन्तजनलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म बैंकले थपिदिने भएको छ । यो योजना विजयादशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको बैंकले जनाएको छ । योजना अवधिभर बैंकको तर्फबाट एक जनाले अधिकतम ५ सय रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गरिदिनेछ ।

बैंकको हालै कात्तिक १ देखि ५ मंसिरसम्म विभिन्न ब्रान्ड तथा स्टोरमार्फत किनमेल गरी मोबाइल बैंकिङ तथा कार्डबाट डिजिटल भुक्तानी गर्ने ग्राहकले ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ता पाउने ‘डिजिटल उत्सव’ योजना पनि ल्याएको थियो । एनआईसी एसिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता करिब १२ लाख छन् ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु