गृहपृष्ठ बैंकहरूमा सवा अर्ब रूपैयाँ ब्याजमा राख्दै राष्ट्र बैंक
बैंकहरूमा सवा अर्ब रूपैयाँ ब्याजमा राख्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आफूसँग रहेको १ अर्ब २७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ । यो राष्ट्र बैंकका कर्मचारीहरुको उपदान र पेन्सन कोषमा जम्मा भएको रकम हो ।
राष्ट्र बैंकले बुधबार एक सार्वजनिक सूचना प्रकासित गरेर ‘क’देखि ‘ग’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई आफूले दिने ब्याजदरसहित बोलपत्र दर्ता गर्न भनेको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैंकको सूचनामा आफूले लिन चाहेको रकम र त्यो रकमका लागि प्रस्तावित ब्याजदरसहित कात्तिक १७ गतेसम्म बोलपत्र दाखिल गर्न भनिएको छ ।
प्रकाशित समय १६:५९ बजे

















