गृहपृष्ठ कर्जा प्रवाहमा एनएमबी बैंकको छलाङ, मोबाइलबाटै ‘लोन पास’

कर्जा प्रवाहमा एनएमबी बैंकको छलाङ, मोबाइलबाटै ‘लोन पास’

एनएमबी बैंकले सातै दिन र २४सै घण्टा सेवा दिने गरी एनएमबी सापटी सेवा सुरु गरेको छ । कर्जाका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने गरी बैंकले एनएमबी सापटी सेवा सुरु गरेको हो ।

यो सेवा आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालन हुन्छ । २४सै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने यो कर्जा सुविधा नेपालमा पहिलो पटक सुरु भएको बैंकको दाबी छ । यो सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट नै लिन सकिने बैंकद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबी सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकता परिपूर्तिको लागि प्रदान गरिने छोटो अवधि र धितोबिनाको व्यक्तिगत कर्जा हो । एनएमबीमा तलब खाता भएका तलबी कर्मचारीले तत्कालै १ लाखसम्म कर्जा लिन सक्नेछन् । ग्राहकले सहजता र सुविधाका आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले एनएमबी सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग भएको बताएका छन् । ‘ग्राहकलाई वित्तीय सेवाहरू सहजै प्रदान गर्नुका साथै ब्रान्डसँगको अनुभव बढाउन यो सेवा प्रभावकारी हुने अपेक्षा छ,’ उनले भने, ‘शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकलाई कर्जा प्राप्त गर्न कुनै पनि समय र स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्‍याउँछ ।’

मोबाइल फोन प्रयोग गरेरै लिन सकिने एनएमबी सापटीका कारण अहिलेको जस्तो विषम परिस्थितिमा ग्राहकलाई व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न सुरक्षित र सहज हुने सीईओ केसीको विश्वास छ ।

प्रकाशित समय ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु