गृहपृष्ठ सनराइज बैंकको शाखा विस्तार, एकै दिन तीनवटा शाखा सञ्चालनमा
सनराइज बैंकको शाखा विस्तार, एकै दिन तीनवटा शाखा सञ्चालनमा
सनराइज बैंकले एकै दिन तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
यसै क्रममा बैंकले बागमती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीनवटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १५:५९ बजे

















