गृहपृष्ठ प्रभु बैंकको २११औं शाखा नवलपुरको प्रगतिनगरमा
प्रभु बैंकको २११औं शाखा नवलपुरको प्रगतिनगरमा
प्रभु बैंक लिमिटेडले बुधबारदेखि नवलपुर (नवलपरासी पूर्व)को देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नो २११औं शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासीमा पनि शाखा विस्तार गर्न सफल भएको हो । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय १३:४४ बजे

















