गृहपृष्ठ प्रतिकूल अवस्थामा पनि प्राइम बैंकको नाफामा ३५ प्रतिशत वृद्धि
प्रतिकूल अवस्थामा पनि प्राइम बैंकको नाफामा ३५ प्रतिशत वृद्धि
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले बिहीबार प्रकाशित गरेको अन्तरिम वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.१७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा प्राइम बैंकले ६५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९ करोड ३ लाख रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन नाफा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । हाल १३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ छ ।
तीन महिनामा बैंकले ५ अर्ब निक्षेप बढाएको छ । असार मसान्तसम्ममा १ खर्ब १९ अर्ब रहेको बैंकक निक्षेप असोज मसान्तसम्ममा १ खर्ब २४ अर्ब पुगेको हो । त्यस्तै कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १३ अर्ब पुगेको छ । बैंकको निष्क्रिया कर्जा भने बढेको छ । निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको हो । बैंकको स्प्रेड दर ४.४ प्रतिशतमा र आधार दर ८.१२ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय १५:३६ बजे

















