गृहपृष्ठ कुमारी बैंकको नाफामा उत्साहजनक वृद्धि
कुमारी बैंकको नाफामा उत्साहजनक वृद्धि
कुमारी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसायमा उत्साहजनक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आवको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको हो, यो नाफ गत वर्षको सोही अवधिको तुलनामा ४९.८९ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
तीन महिनाको अवधिमा बैंकले १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँले धेरै हो । असोज मसान्तसम्ममा बैंकले १ खर्ब १७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १.०५ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा १.४३ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड छ भने जगेडा कोषमा ३ अर्ब ५९ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १९.२५ रुपैयाँ छ । वित्तीय विवरणअनुसार बैंकको आधार दर ८.४ प्रतिशत छ भने स्प्रेड दर ४.३६ प्रतिशत छ ।
प्रकाशित समय १२:२५ बजे

















