गृहपृष्ठ ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङमा
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङमा
ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७२ वटा जिल्लामा फैलिएको २६२ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १२:१६ बजे

















