गृहपृष्ठ सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा सञ्चालनमा
सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा सञ्चालनमा
सनराइज बैंकले बागलुङमा शाखा स्थापना गरेको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ नगरपालिका २ मा शाखा खोलेको हो । साथै, बैंकले बाँकेको बैजनाथ गाउँपालिका ७, बनकटुवामा ५२औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले शाखारहित बैंकिङ प्रतिनिधि नरेन्द्रकुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सक्नेछन् ।
नयाँ शाखा र शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै देशभर बैंकका १३९ शाखा, ५२ वटा शाखारहित बैंकिङ इकाइ, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएम काउन्टर भएका छन् । देशभर बैंकका ७ लाखभन्दा बढी ग्राहक छन् । बैंकले सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि शाखा, शाखारहित बैंकिङ इकाइ, एक्सटेन्सन काउन्टर र एटीएम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
प्रकाशित समय २०:२० बजे

















