गृहपृष्ठ गार्डेन मार्टको लक्की ड्रमा खड्का र गौतम भाग्यमानी
गार्डेन मार्टको लक्की ड्रमा खड्का र गौतम भाग्यमानी
दसैँ, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्रका विजेताको घोषणा गरिएको छ । स्टोरले सोमबार एभिन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर विजेता घोषणा गरेको हो, जसअनुसार राजाराम खड्काले १ तोला सुन र अभय गौतमले लक्की ड्रमा प्लेजर स्कुटर प्राप्त गरेका छन् ।
संस्थाका मुख्य प्रबन्धक लीलानाथ गौतमका अनुसार स्टोरले ५ हजार र ८ हजार रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्तालाई लक्की ड्रमा सहभागी गराएको थियो । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाले डडेलधुरा, भक्तपुर र दाङको तुलसीपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ । चाँडै मुलुकभर करिब २ सयवटा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको मुख्य प्रबन्धक गौतमले जानकारी दिए ।
प्रकाशित समय ०८:२० बजे

















