गृहपृष्ठ कोभिड-१९ पछिको संकुचित अर्थतन्त्रमा ८८ अर्बको राहत

कोभिड-१९ पछिको संकुचित अर्थतन्त्रमा ८८ अर्बको राहत

Governer_NewsKarobar

कोभिड-१९ महामारीका कारण संकुचित बनेको अर्थतन्त्र चलायमान बनाउन ६६ अर्ब रूपैयाँबराबर पुनर्कर्जा र १२ अर्ब रूपैयाँबराबरको सहुलियतपूर्ण गरी अर्थतन्त्रमा ८८ रूपैयाँ प्रवाहित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म प्रवाहित भएको ७२ अर्ब रूपैयाँबराबरको सहुलियतपूर्ण कर्जामध्ये साउनयता १२ अर्ब रूपैयाँ लगानी भएको हो ।

राष्ट्र बैंकद्वारा बिहीबार आयोजित मौद्रिक नीतिको त्रैमासिक समीक्षाका क्रममा गभर्नर महाप्रसाद अधिकारीले बजेट र  मौद्रिक नीतिमार्फत घोषणा गरिएका पुनर्कर्जासम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थामार्फत कुल ६९ अर्ब ४ करोड रूपैयाँबराबरको माग भएकोमामा ५० अर्ब ७ करोड र व्यक्तिगत तबरबाट ग्राहक मूल्यांकन अनुसार प्रदान गरिने पुनर्कर्जाका लागि ५५ अर्ब २५ करोड माग भएकोमा १५ अर्ब ६२ करोड रूपैयाँबराबरको पुनर्कर्जा स्वीकृत भइसकेको छ ।

गभर्नर अधिकारीका अनुसार हालसम्म ४१ हजार ६१८ जनाले करिब ७२ अर्ब रूपैयाँ सहुलियतपूर्ण कर्जा लिइसकेका छन् ।  ‘यसमध्ये १५ लाख रूपैयाँमुनिको २५ अर्ब रूपैयाँबराबरको पुनर्कर्जा मंसिर मसान्तभित्र प्रवाह हुनेछ र अरु कर्जा पुस लागेपछि तालिका बनाएर प्रवाह हुनेछ,’ गभर्नर अधिकारीले भने । उनका अनुसार पुनर्कर्जाका लागि करिब ४१ हजार आवेदन परेका थिए ।

गभर्नर अधिकारीका अनुसार साउनदेखि हालसम्म बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब १९ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २ खर्ब २ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि हालसम्म ६० अर्ब रूपैयाँ रिभर्स रिपोबाट र १०१ अर्ब रूपैयाँ निक्षेप संकलनबाट गरी १ खर्ब ६१ अर्ब रूपैयाँ तरलता प्रशोचन गरिसकेको उनले बताए ।

कर्जाको माग लगातार बढ्दै गएकाले अहिलेको तरलताले नपुग्ने हुनसक्ने उनको भनाइ थियो ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु