गृहपृष्ठ प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५४ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने इन्स्योरेन्सले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु