गृहपृष्ठ रिलायन्स फाइनान्सले दुर्घटना बिमासहित १८ प्रकारका घातक रोगो आर्थिक सुरक्षा दिने

रिलायन्स फाइनान्सले दुर्घटना बिमासहित १८ प्रकारका घातक रोगो आर्थिक सुरक्षा दिने

रिलायन्स फाइनान्सले आफ्ना ग्राहकलाई सगरमाथा इन्स्योरेन्स कम्पनीको सहकार्यमा दुर्घटना बिमासहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने भएको छ । उक्त सेवा सुविधा फाइनान्सले ल्याएको ‘रिलायन्स स्वावलम्बी बचत खाता’ खोली कारोबार गरेका ग्राहकले प्राप्त गर्नेछन् ।

सो सेवासम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा फाइनान्सका अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार फाइनान्सका ग्राहकका लागि ३ लाख रुपैयाँसम्मको दुर्घटना बिमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरुको बिमा उपचार सुविधा उपलब्ध हुनेछ ।

संस्थाले आफ्नो ११औं बार्षिक दिवसको अवसरमा विभिन्न सरकारी, गैरसरकारी तथा निजी कम्पनीहरुमा कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणलाई लक्षित गरेर ‘रिलायन्स स्वावलम्बी बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु