गृहपृष्ठ सिभिल बैंकद्वारा यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना

सिभिल बैंकद्वारा यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको यस सुविधाले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमा सजिलैसँग भुक्तनी गर्न सक्नेछन् । करिब पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु