गृहपृष्ठ सानिमा बैंकद्वारा औषधि उपचार बिमा भुक्तानी
सानिमा बैंकद्वारा औषधि उपचार बिमा भुक्तानी
सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधि उपचार बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका श्रेष्ठज्यूले ४७ हजार २३० रुपैयाँको औषधि उपचार बिमा भुक्तानी पाएका हुन् ।
सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक श्रेष्ठलाई हस्तान्तरण गरे । श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बिमा रकम भुक्तानी गरिएको हो । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजार रुपैयाँको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, ५ हजार रुपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहित ५० हजारसम्मको औषधि उपचार बिमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बिमा र ३ लाखको ६ घातक रोगहरुको बिमा सुविधा पाउनेछन् ।
प्रकाशित समय १७:५४ बजे

















