गृहपृष्ठ माछापुच्छ्रे बैंकका एकैदिन ६ शाखारहित बैंकिङ इकाइ स्थापना
माछापुच्छ्रे बैंकका एकैदिन ६ शाखारहित बैंकिङ इकाइ स्थापना
माछापुच्छ्रे बैंकले एकैदिन देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ । बैंकले स्याङ्जाको पुतलिबजार नगरपालिका १२ पेल्काचौर, कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर, कपिलवस्तुकै बुद्धभूमि नगरपालिका ९ बिजगौरी, कञ्चनपुरको बेलौरी नगरपालिका ३ गोकुलपुर, दार्चुलाको व्यास गाउँपालिका ६ हुटी र कञ्चनपुरकै मलिकार्जुन गाउँपालिका ६ उकुमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको हो । यससँगै बैंकका शाखारहित बैंकिङ सेवा संख्या १४१ पुगेको छ ।
बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैँकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न तथा रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिनेछ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ । बैंकले १६० वटा शाखालगायत १४१ शाखारहित बैँकिङ सेवासमेत गरी ३०१ स्थानबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । बैंकका देशभर दुई सयवटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय ११:२९ बजे

















