गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात

ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३८ पुगेको छ ।

बंंंैकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा २, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाल, धनुषा जिल्ला नगराईन नगरपालिका वडा ४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका ७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेख जिल्ला भैरवी गाउँपालिका ५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बागलुङ जिल्ला बाडिगड गाउँपालिका २ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका १ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत् बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु