गृहपृष्ठ सानिमा बैंक र एनसेलबीच निःशुल्क सिम कार्ड र इन्टरनेट प्याकेज दिने सम्झौता
सानिमा बैंक र एनसेलबीच निःशुल्क सिम कार्ड र इन्टरनेट प्याकेज दिने सम्झौता
सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टर्नेट डाटा प्याकेज दिने सम्झौता भएको छ ।
एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्रअनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट डाटा प्राप्त गर्नेछन् ।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आप्mनो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चतम ब्याज दिंदै आइरहेको छ । सानिमा बंैकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय १०:५१ बजे

















