गृहपृष्ठ लुम्बिनी विकास बैंकको ६९औं शाखा मंगलबजारमा
लुम्बिनी विकास बैंकको ६९औं शाखा मंगलबजारमा
लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा ६९औं शाखाको रुपमा शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले आफ्नो पूर्व योजनामुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेशअन्तर्गत २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ कारोवारको सुविधा प्राप्त हुने जानकारी दिएका छन् ।
यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथै बैंकले आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै करिब २ लाख ६४ हजार ग्राहकलाई सरल एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरुमार्फत ग्राहकलाई बैकिङ सेवा पु¥याउने लक्ष्य लिएको छ ।
प्रकाशित समय १७:१८ बजे

















