गृहपृष्ठ हेवी इक्युपमेन्ट खरिद गर्न माछापुच्छ्रे बैँकबाट सहुलियत दरमा कर्जा
हेवी इक्युपमेन्ट खरिद गर्न माछापुच्छ्रे बैँकबाट सहुलियत दरमा कर्जा
माछापुच्छ्रे बैंक र एमएडब्लू अर्थमुभर्स प्रालिबीच सहकार्यका लागि सम्झौता भएको छ । यससँगै बैंकका ग्राहकले जेसीबी ब्रान्डका हेवी इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैँकबाट सहुलियत दरमा कर्जा पाउने भएका छन् ।
सम्झौता पत्रमा एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालय र एमएडब्लू अर्थमुभर्सका देशभरका डिलरबाट जेसीबी ब्रान्डका नयाँ हेवी इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । देशभर माछापुच्छे बैँकले १६० वटा शाखा, १३३ शाखारहित बैँकिङ सेवा र पाँच एक्सटेन्स काउन्टर तथा १९८ वटा एटीएम र १ हजारभन्दा बढी पीओएस मेसिनबाट अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।
प्रकाशित समय २०:४३ बजे

















