गृहपृष्ठ कोरियाबाट रेमिट्यान्स पठाउन एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच सहकार्य
कोरियाबाट रेमिट्यान्स पठाउन एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच सहकार्य
दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैँक तथा वित्तीय संस्थामा रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच सहकार्य भएको छ । यससँगै दक्षिण कोरियामा रहेका नेपालीले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै एनआईसी एशिया बैंक अथवा नेपालका अन्य कुनै बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् ।
उक्त सुविधाबाहेक कोरियाबाट देशभर छरिएर रहेका एनआईसी एशिया बैंकका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफूले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउनसमेत सकिनेछ । कोरियामा रहेका नेपालीले सेन्टबी रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नेछन् ।
प्रकाशित समय २०:३२ बजे

















