गृहपृष्ठ ऊर्जा बचत पहलका लागि बोटलर्स नेपाल पुरस्कृत
ऊर्जा बचत पहलका लागि बोटलर्स नेपाल पुरस्कृत
कोकाकोला नेपालको लागि बोटलिङ पार्टनर, बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियनको अनुदान प्रदान गरिएको छ । यो अनुदान ‘नेपाल ऊर्जा दक्षता कार्यक्रम’को एक हिस्सा हो, जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो ।
बोटलर्स नेपालले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त ग-यो, जसअन्तर्गत भीएफडी अनुकूलतासहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रु ब्लोअर स्थापना पर्छ । यी पहलहरूको मौलिक उद्देश्य कोकाकोलाको २०२० सम्ममा कार्बन फुटप्रिन्ट २५ प्रतिशतमा घटाउने विश्वव्यापी स्थिरता उद्देश्यद्वारा सञ्चालित थियो ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपाल सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा हामी खुसी छौं । हामीले हाम्रो आपूर्ति शृंखलामा महत्वाकांक्षी लक्ष्य राखेका छौं र उत्सर्जन घटाउन र ऊर्जा बचत गर्ने हाम्रो दृष्टिकोणलाई समर्थन गर्न हाम्रा उपकरण र प्रविधिमा धेरै परिवर्तनहरू जारी राख्नेछौं । यस्तो मान्यताले हाम्रो टोलीलाई हाम्रो विश्वव्यापी स्थिरता पहलमा प्रतिबद्ध रहन प्रेरित गर्छ ।’
बोटलर्स नेपाल काठमाडौं र भरतपुर दुबै उत्पादन केन्द्रहरुमा ऊर्जा दक्षताका लागि प्रयासरत रहेको र सम्पूर्ण मूल्य शृंखलामा ऊर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरुमार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको जनाइएको छ ।
वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, सञ्जीव श्रेष्ठ र बोटलर्स नेपालका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशान्त रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए ।
प्रकाशित समय २१:१४ बजे

















