गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउट मध्यपुर थिमिलाई ज्याकेट हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउट मध्यपुर थिमिलाई ज्याकेट हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच सांग्रिला डेभलपमेन्ट बैँकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्तरण गरेका हुन् । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल स्काउट मध्यपुर थिमिका स्वयंसेवकलाई ज्याकेट प्रदान गरेको जनाएको छ ।

सांग्रिला बैँकले बैँकिङ सेवाबाहेक देशभरका ९२ शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएको छ ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु