गृहपृष्ठ नेसनल लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुरेश खत्री
नेसनल लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुरेश खत्री
नेसनल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले खत्रीलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल पुस ५ गते सकिएको थियो । खत्रीले स्नातक तहसम्म कानुन विषयको अध्ययन गरेका छन् । उनी २०५१ सालबाट नेसनल लाइफ इन्स्योरेन्समा कार्यरत छन् ।
प्रकाशित समय १४:५५ बजे

















